चौरी गोठ गएका युवकको लेक लागेर मृत्यु

Byपहिलो सुचना

२०७८ माघ २०, बिहीबार १३:५४ २०७८ माघ २०, बिहीबार १३:५४ २०७८ माघ २०, बिहीबार १३:५४

माघ २०, पाँचथर । पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धूपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको हो ।

भाइ विक्रम मगरसँग हिजो दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ जान लागेका विशाल घरबाट अन्दाजी १५ किलोमिटर माथि भएको हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए । घर फर्कने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस भएका उनको आज बिहान सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook