स्वास्थ्यका मापदण्ड पालना गर्दै सोनाम ल्होसार मनाऔं: प्रधानमन्त्री

Byपहिलो सुचना

२०७८ माघ १९, बुधबार ०७:३४ २०७८ माघ १९, बुधबार ०७:३४ २०७८ माघ १९, बुधबार ०७:३४
Deubaप्रधानमन्त्री शेरबहादुर देउवाले अाइतबार सिंहदरबार प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा महिला ,बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्रालयले अाेजित कार्यक्रम मा

माघ १९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष गरी तामाङ जातिले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताए ।

कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षाेल्लासपूर्वक मनाउन उनले आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook