नारायणहिटीभित्र आयोजित सतीश्राप मुक्ति महायज्ञ स्थगित

Byपहिलो सुचना

२०७८ माघ १९, बुधबार ०७:३६ २०७८ माघ १९, बुधबार ०७:३६ २०७८ माघ १९, बुधबार ०७:३६
Narayanhity

माघ १९, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र बुधबारदेखि सुरू गर्ने भनेको सतीश्राप मुक्ति महायज्ञ कोरोना भाइरस संक्रमणका कारण हाललाई स्थगित गरिएको छ ।

माघ १९ गतेदेखि २९ गतेसम्म नारायणहिटी दरबार संग्रहालयभित्रको पूजा कोठामा ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ गर्न समितिको बैठकले पुस १२ गतेको बैठकले स्वीकृति दिएको थियो ।

कोरोना महामारी जारी रहेको र सरकारले २५ जनाभन्दा बढी मानिस उपस्थित हुन नपाउने आदेश जारी गरेका कारण महायज्ञ स्थगित गरिएको हो ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन, सञ्चालन विकास समितिका कार्यकारी निर्देशक डा सुरेशसुरस श्रेष्ठले मंगलबार सूचना जारी गर्दै महायज्ञ स्थगित गरिएको उल्लेख गरेका छन् ।

पूजा कोठा राजतन्त्र रहुञ्जेल तत्कालीन राजपरिवारको पूजा कोठामा रहेको थियो ।

‘कोरोनाका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मानिसको भीडभाड हुने कार्यालय बन्द गर्ने गृहमन्त्रालय, जिल्ला प्रशासनको आदेशबमोजिम नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिअन्तर्गत रहेको पूजा घरमा माघ १९ गतेदेखि २९ गतेसम्म लगाउने भनिएको सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ तत्कालका लागि स्थगित गराउन हुन निर्णयानुसार अनुरोध छ’, सूचनामा भनिएको छ ।

यसअघि समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गत पुस १२ गते बसेको बैठकले नारायणहिटीभित्र महायज्ञ लगाउने प्रस्तावलाई स्वीकृत गरेको थियो । महायज्ञ सती श्राम मोक्ष धाम, मेचीनगर–१२ झापाले गर्न लागेको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook