माघ १७, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमनसिंह थापाको निधन भएको छ ।
पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको ह्याम्स अस्पताल काठमाडौँमा गए राति निधन भएको हो । उनी मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायत रोगबाट पीडित थिए ।
अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापा मेगा बैंकका संस्थापक तथा पूर्वसंचालक पनि हुन् ।
एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।
