सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानबिन सुरु

Byपहिलो सुचना

२०७८ माघ १४, शुक्रबार १०:४८ २०७८ माघ १४, शुक्रबार १०:४८ २०७८ माघ १४, शुक्रबार १०:४८
Seti

माघ १४, डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानबिन सुरु भएको छ ।

कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उहाँमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानबिन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिए ।

शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट हटाएको छ । छानबिन सुरु भएकाले उनलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ । यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो । कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिशन मागेको अडियो सार्वजनिक भएपछि उनिमाथि छानबिन सुरु भएको हो । शिक्षालयमा उनले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोशाकमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook