माघ १२, काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।
केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो ।
विवरण अनिसार नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ ।
यसअघि २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । यसमा पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ थियो ।
त्यस्तै, जनसंख्याको वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । अघिल्लोपटक जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा बढी थियो ।
