‘नो खोप कार्ड नो सर्भिस’,‘नो मास्क नो इन्ट्री’

Byपहिलो सुचना

२०७८ माघ ११, मंगलवार १५:४९ २०७८ माघ ११, मंगलवार १५:४९ २०७८ माघ ११, मंगलवार १५:४९

माघ ११, महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड, नो सर्भिस’ व्यवस्था लागु गरेको छ ।  

कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड, नो सर्भिस’ प्रावधान लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । 
    
प्रशासनले खोप नलिएकालाई सेवा नदिने र सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको उनले बताए ।

अहिले जिल्ला प्रशासन कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमै खटिएका स्वास्थ्यकर्मीले  खोप कार्ड रहे/नरहेको सोधीखोजी गर्छन् भने भएकालाई सेवा दिने र नभएकालाई त्यही प्रांगणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने गर्दछन् । यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले कार्यालयमै खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook