‘कालो दिन’ को रुपमा मनाइयो पृथ्वी जयन्ती

Byपहिलो सुचना

२०७८ पुष २७, मंगलवार २०:०५ २०७८ पुष २७, मंगलवार २०:०५ २०७८ पुष २७, मंगलवार २०:०५

पुष २७, काठमाडौं । देशका विभिन्न स्थानमा आज मंगलबार पृथ्वीजयन्ती मनाइरहँदा मंगोल नेशनल अर्गनाइजेसनले भने ‘कालो दिन’को रुपमा मनाएको छ । नेपाल एकीकरणको नाममा पृथ्वीनारायण शाहले नरसंहार गरेको भन्दै अर्गनाइजेनसका अभियन्ताहरूले कीर्तिपुरस्थित छ्याःक ल्वहँ परिसरमा प्रदर्शन तथा सभा गरेका हुन् ।

तस्बिरहरु: कान्तिपुरबाट साभार

उनिहरुले ‘पृथ्वीनारायण शाहले गरेको एकीकरण होइन अतिक्रमण हो’, ‘हत्याराको जन्मदिन राष्ट्रिय एकताको आधार हुन सक्दैन’ जस्ता नारा लेखिएका प्लेकार्ड तथा व्यानर लिएका थिए ।

केही वर्षयता पृथ्वीनारायण शाहमाथि रिस पोख्नका लागि छ्याःक ल्वहँमा थुक्ने चलन चलेको छ । स्थानीयहरूका अनुसार पृथ्वीनारायणमाथि कीर्तिपुरवासीको रिस कायमै थियो तर कीर्तिपुरसहित काठमाडौं उपत्यकामा बसिरहेका शाहलाई उनिहरुले प्रत्यक्ष हानी गर्न सक्ने उपाय नभएपछि उक्त ढुंगामाथि बसेर बसन्तपुरमा रहेका शाहलाई थुक्दा थुक्दा ढुंगालाई नै थुक्ने चलन बसेको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook