साउन ७, काठमाडौँ। नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट ८ लाख डोज खोप काठमाडौँ ल्याएको छ।
खोप लिन बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज आज दिउँसो २:०७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो।
नेपाल सरकारले कुल ४० लाख डोज खोप जिटुजि प्रकृया मार्फत चिनियाँ सरकारबाट खरिद गरिएकोमा ८ लाख डोज नेपाल भित्रिसकेको छ भने थप खोप लिनको लागि जहाज आजै चीन उड्दैछ। यो जहाज आज (बिहिवार) राति ११ बजे बेइजिङ जाने छ र शुक्रबार दिउँसो काठमाडौँ आउने छ।
जहाज शनिबार पुनः बेइजिङ जाने तालिका छ । सो जहाजले आइतबार थप खोप लिई काठमाडौं आउने छ।
यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो।
