कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

Byपहिलो सुचना

२०७८ पुष २३, शुक्रबार १०:२४ २०७८ पुष २३, शुक्रबार १०:२४ २०७८ पुष २३, शुक्रबार १०:२४

पुष २३, कर्णाली । कर्णाली प्रदेश सभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा बैठक पुस २८ गते बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि गत मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook