दक्षिण कोरियामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, दुईको मृत्यु

Byपहिलो सुचना

२०७८ पुष २०, मंगलवार १२:०८ २०७८ पुष २०, मंगलवार १२:०८ २०७८ पुष २०, मंगलवार १२:०८
Covid

पुष २०, सोल । दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ । यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook