पुष १८, काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा भर्सटाइल गायक राजेशपायल राई माथि हातपात भएको छ । शुक्रबार साँझ न्युयोर्कमा भएको कन्सर्टमा गायक राजेशपायल राई माथि स्टेजमा गित गईरहेकै अवस्थामा पछाडिबाट एकजना युवाले पछाडि तानतान गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो । तर आयोजकले भने राजेश पायल राई माथि हातपात नभएको बरु उनको फ्यानले अंगालो हाल्दा हातपात गरेजस्तो देखिएको बताएका छ । सो घटन माथि विज्ञप्ती निकाल्दै राजेशपायल राई माथि हातपात नभएको आयोजकले स्पष्टीकरण दिएको छ ।
कार्यक्रम आयोजन टिमकमा एक सदश्य पशुपति श्रेष्ठले फ्यानले बारम्बार भेट्न खोज्दा पनि सुरक्षाकर्मीले नदिँदा झुक्याएर स्टेजमा गएर गायक राईले गीत गाइरहेकै अवस्थामा पछाडिबाट अंगालो हाल्दा हातपात गरेजस्तो देखिएको बताए । उनले भने, ‘पछाडिबाट अंगालो हाल्दा हातपात भएको भन्ने सत्यता होइन । उहाँ (गायक राजेशपायल राई) लाई सुरक्षाकर्मीले कसैलाई माथि उक्लिन नदिँदा युवक उक्लिएका थिए ।’
आयोजक श्रेष्ठले गायक राईलाई केही नभएको र कसैले त्यस्तो नकारात्मक नसोचिदिन आग्रह गरेका छन् । लाखौँ दर्शकको मन मुटुमा बसेका गायक राई सबैको प्यारो भएको पनि उनले बताए ।
त्यसो त फ्याले आफूलाई पछाडिबाट अचम्म तरिकाले आफूलई अंगालो हालेपछि गायक राईले भनेका छन्, ‘अगाडिबाट आए ज्वालामुखी पनि पचाउँछु तर, पछाडिबाट आउनेलाई स्वागत अनि माया ।’

