प्रतिनिधि सभाको बैठक स्थगित, पुष २२ मा अर्को बैठक

Byपहिलो सुचना

२०७८ पुष १८, आईतवार ०९:४४ २०७८ पुष १८, आईतवार ०९:४४ २०७८ पुष १८, आईतवार ०९:४४

पुष १८, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची थियो ।

नेकपा माओवादी केन्द्रको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।

माओवादीले पार्टीको आठौं महाधिवेशन जारी रहेकोले प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook