बिसिसिले मनाए १३ औ बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम

ByGyan Kaji Tamang

२०७८ पुष १७, शनिबार ००:४१ २०७८ पुष १७, शनिबार ००:४१ २०७८ पुष १७, शनिबार ००:४१

पुष १६, क्यालिफोर्निया । अमेरिकामा रहेका नेपाली भाषी भुटानीहरुको समाज भुटानीज् कम्युनिटि इन क्यालिफोर्निया (बिसिसि) को १३ औ बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिसिसिले स्थापना काल देखि प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको कार्यक्रम यस वर्ष पनि बिहिबार क्यालिफोर्नियाको हार्कुलिजमा आयोजना गरेका छन् ।

कार्यक्रममा नेपाली भाषी भुटानीहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने विभिन्न पेसा र व्याबसाय गर्दै अमेरिका बसोबास गर्ने नेपालीहरुको समेत बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेपाली देशभक्ती गायन , सांस्किृतिक नृत्य, सामुहिक नृत्य तथा अन्य प्रस्तुतिहरुले मनोरञ्जन दिएका थिए । जसले गर्दा कार्यक्रम पुर्ण रुपमा नेपालीमय भएको थियो । परदेशी भुमिमा एकले अर्कोलाई सर सहयोग गर्दै, आफ्नो समुदायको भाषा, संस्कृति र संस्कारलाई संरक्षण र बढवा दिने उदेश्यले बिसिसि ले यस्तो खालको कार्यक्रम प्रत्येक बर्ष अयोजना गर्दै आइरहेको कुरा बिसिसिका अध्यक्ष तलमान मगरले बताए ।

बिसिसि नेपालीभाषी भुटानीहरुको समाज हो । सन् २००८ मा स्थापना भएको यो समाजले नेपालीहरुलाई परेको समयमा सरसहयोग गर्दै, नेपाली भाषीहरुको चाडपर्व, संस्कृति र संस्कारलाई संरक्षण दिदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook