मङ्सिर २८, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति चुन्नका लागि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज फेरि मतदान हुने भएको हो ।
कांग्रेस विधानअनुसार पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुन्छ।
पहिलो चरणको मतदानमा सबैभन्दा धेरै शेरबहादुर देउवाले २२५८ मत पाएका छन् भने दोस्रो नम्बरमा शेखर कोइरालाले १७२९ मत पाएका छन् ।
अब देउवा र कोइरालाबीच सभापतिका लागि प्रतिष्पर्धा हुने भएको छ ।
