भालुको आक्रमणबाट दुई जना घाइते

Byपहिलो सुचना

२०७८ मंसिर २६, आईतवार ०६:५० २०७८ मंसिर २६, आईतवार ०६:५० २०७८ मंसिर २६, आईतवार ०६:५०

मङ्सिर २६, बैतडी । जङ्गली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन् ।

शनिबार दिउँसो घर नजिकैका जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook