कांग्रेस सभापति र महामन्त्रीमा ६–६ जनाले दिए उम्मेदवारी

Byपहिलो सुचना

२०७८ मंसिर २५, शनिबार १८:०५ २०७८ मंसिर २५, शनिबार १८:०५ २०७८ मंसिर २५, शनिबार १८:०५

मङ्सिर २५, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ ।

शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो। 

सो पार्टीको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् ।

महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीले मनोनयन दर्ता गराएका छन् ।

सह-महामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै खुला केन्द्रीय सदस्यमध्ये थारूमा १४ जना, मधेसीमा ३२, आदीवासी जनजातीमा ८७, खस आर्य ९३, दलित ३९, महिला ३१, पिछडिएको क्षेत्र २, अपाङ्ग १६,  अल्पसंख्यक ६, मुस्लिम १६,  प्रदेश १-१३, प्रदेश २- ५, बागमती ९, गण्डकी ७, लुम्बिनी ११, कर्णाली ७, सुदूरपश्चिम १२ र खुला १०९ जनाले उम्मेद्‍वारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook