नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित

Byपहिलो सुचना

२०७८ मंसिर २४, शुक्रबार १०:४३ २०७८ मंसिर २४, शुक्रबार १०:४३ २०७८ मंसिर २४, शुक्रबार १०:४३

मंसिर २४ , काठमाडौं । अटो मोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । उनले अर्का प्रतिस्पर्धी करन चौधरीलाई ६६ मतले पराजित गरेका हुन् ।

फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १ हजार ४१३ मत पाएका थिए भने सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १ हजार ३४७ मत पाएका थिए । 

कार्यसमिति सदस्यमा भने चौधरी प्यानलका धेरै छन् । सदस्यतर्फ मिलनबाबु मल्ल, अनुपकुमार मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई, निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल विजयी भएका छन् । त्यसैगरी थापाको प्यानलबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदिपमान प्रधान र आकाश गोल्छा विजयी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook