कांग्रेस १४ औं महाधिवेशन : बन्दसत्र आजै हुने

Byपहिलो सुचना

२०७८ मंसिर २४, शुक्रबार १८:१५ २०७८ मंसिर २४, शुक्रबार १८:१५ २०७८ मंसिर २४, शुक्रबार १८:१५

मङ्सिर २४, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको बन्दसत्र आजदेखि नै सुरू हुने भएको छ।

राजधानीको भृकुटीमण्डपमा आजदेखि नै सुरू भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्दसत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र पनि उद्घाटन सत्र समापन भएलगत्तै सुरू गरिने कार्यक्रम रहेको बताए।

बन्दसत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook