एम्बाप्पेले तोडे मेसीको कीर्तिमान

Byपहिलो सुचना

२०७८ मंसिर २२, बुधबार ०९:२७ २०७८ मंसिर २२, बुधबार ०९:२७ २०७८ मंसिर २२, बुधबार ०९:२७

मङ्सिर २२, काठमाडौं । फ्रान्सेली युवा खेलाडी केलियन एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पुरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । उनले अर्जेन्टिनाका लिओनल मेसीको कीर्तिमान तोडेका हुन् ।

गएराति च्याम्पियन्स लिग अन्तर्गत क्लब ब्रग्सलाई हराउने क्रममा २ गोल गरेका पेरिस सेन्ट जर्मेनका एम्बाप्पेले च्याम्पियन्स लिगमा मेसीको कीर्तिमान भंग गरेका हुन् ।

खेलको सात मिनेटभित्र २ गोल गरेका एम्बाप्पेले एम्बाप्पेको प्रतियोगितामा ३१ गोल गरिसकेका छन् । उनले २२ वर्ष ३५२ दिनमा ३० गोल पुरा गरेका हुन् । यहीँ आँकडा पुरा गर्न मेसीलाई २३ वर्ष र १३१ दिन लागेको थियो ।

यस्तै रियल म्याड्रिडका लेजेन्ड राउलले २४ वर्ष ९१ दिनमा ३०औं च्याम्पियन्स लिग गोल गरेका थिए। करिम बेन्जेमा २५ वर्ष १०५ दिनको उमेरमा यो कीर्तिमान बनाएका थिए ।

जर्मनी र बायर्न म्युनिखका थोमस मुलरले २६ वर्ष ३ दिनमा च्याम्पियन्स लिगमा ३० गोल पुरा गरेका थिए। त्यसपछि आर्सनलका नायक थिएरी हेनरीले २६ वर्ष २०६ दिनको उमेरमा ३०औं गोल गरे ।

यस्तै ब्राजिलका नेइमारले २६ वर्ष २४० दिनमा ३० गोल पुरा गर्दा क्रिस्टियानो रोनाल्डोले २६ वर्ष २७० दिनमा यो कीर्तिमान बनाए । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook