भीम रावल सहित ११ जनालाई भोट नहाल्न भन्दै बाँडियो पर्चा

Byपहिलो सुचना

२०७८ मंसिर १४, मंगलवार ०६:३१ २०७८ मंसिर १४, मंगलवार ०६:३१ २०७८ मंसिर १४, मंगलवार ०६:३१

मङ्सिर १४, चितवन । चितवन सौरहामा भइरहेको नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेलामा अध्यक्षका प्रत्याशी भिम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेको भेटिएको छ ।

आज बिहानबाट सुरु भएको मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको दुई खालको पर्चा बाँडिएको छ । ओली पक्षले ‘भोट नहाल्ने नामावली’ भन्दै भीम रावल सहित ११ जनाको सूची प्रकाशित गरेको छ ।

अध्यक्षमा केपी शर्मा ओलीसँग रावलको प्रतिस्पर्धा छ । यस अघि रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट बाहिर निकालेका थिए ।

रावलसंगै उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल, खुला सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई पनि भोट नहाल्न भन्दै पर्चा बाँडिएको छ ।

यसैगरी प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook