मङ्सिर १३, काठमाडौं । एमालेको १० औं महाधिवेशनको मतदान प्रक्रिया निर्धारित समयभन्दा पछि धकेलिने भएको छ।
सोमबार चितवनको सौराहामा हुन लागेको महाधिवेशनमा नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि आज साेमवार राति ९ बजेदेखि मतदान हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म गरिने भएको हो ।
राम लक्ष्मण इनोभेसनका संस्थापक लक्ष्मण रिजालले पार्टीको केन्द्रीय निर्वाचन आयोगले नाम दिन ढिलाइ गरेका कारण मतदान पछि धकेलिने बताए।
आयोगले यसअघि जारी गरेको सूचना अनुसार उम्मेदवारीको अन्तिम नामावली ४ बजेर ५ मिनेटमा प्रकाशन गर्नुपर्ने थियो। तर सो नामावली अझैसम्म प्रकाशन भएको छैन।
मतदान सम्पन्न भएपछि १४ गते नै मतगणना गरिने, त्यही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम गर्ने निर्वाचन आयोगले निकालेकाे सूचनामा उल्लेख गरिएको छ ।