भीम रावललाई ओलीको जवाफ : सहमतिको नाम प्रस्ताव गर्छु, चित्त नबुझे चुनावमा जानुस्

Byपहिलो सुचना

२०७८ मंसिर १२, आईतवार ०५:२४ २०७८ मंसिर १२, आईतवार ०५:२४ २०७८ मंसिर १२, आईतवार ०५:२४
फोटो फाईल

मंसिर १२, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । त्यसका लागि आफूले कमिटीको प्रस्ताव गर्ने र चित्त नबुझे निर्वाचनमा जान नेताहरुलाई सुझाव दिएका छन् ।

शनिबार चितवनको सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले कमिटीहरुको नाम प्रस्ताव गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने प्रस्ताव राखेका थिए । त्यसपछि हलमा सहभागी अधिकांश प्रतिनिधिले समर्थन गरेपनि नेता भीम रावलले विरोध गरेका छन् ।

रावलले आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भन्दै पछि नहट्ने बताए । लगत्तै रावललाई जवाफ दिएका ओलीले सकेसम्म सहमति गर्नु राम्रो भएको बताए ।

‘सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुन्छ । कोही साथीहरु सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ,’ उनले भने, ‘भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो । मनोनयन नै गर्नुभएको छैन के को फिर्ता लिने रु मनोनयन गर्नुभयो भने फिर्ता लिने नलिने गर्नुहोला ।’

सहमति वा प्रतिस्पर्धाको विधि दुबै निर्वाचन भएको भन्दै ओलीले भने, ‘कसैको अधिकार खोसिँदैन, कुनै विधान मिचिँदैन । अधिकारको उपभोग गर्न पाइन्छ ।’

उनले आइतबार १० बजे सुरु हुने बन्दसत्रमा आफूले पदाधिकारी र कमिटीमा रहनेहरुको नाम प्रस्ताव गर्ने र चित्त नबुझे निर्वाचनमा जान समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook