दुर्घटनमा मोटरसाइकल चालकको मृत्यु

Byपहिलो सुचना

२०७८ मंसिर ५, आईतवार ०८:४७ २०७८ मंसिर ५, आईतवार ०८:४७ २०७८ मंसिर ५, आईतवार ०८:४७

मङ्सिर ५, राजविराज । सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स६प ५०६० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook