भन्सार छलेर ल्याइँदै गरेको सामान बरामद

Byपहिलो सुचना

२०७८ मंसिर ३, शुक्रबार ०७:३४ २०७८ मंसिर ३, शुक्रबार ०७:३४ २०७८ मंसिर ३, शुक्रबार ०७:३४

मङ्सिर ३, कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरियास्थित पूर्व–पश्चिम राजमार्गबाट महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०२००२१ नम्बरको मिनीट्रकबाट प्रहरीले बिहीबार रु पाँच लाख ४३ हजार ४५० मूल्य बढीको भन्सार छली गरी लैजाँदै गरेको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ बस्ने वर्ष २१ का मिनीट्रक चालक नवीन कुँवरसहित ट्रकलाई कार्यालयमा ल्याएर सामान जाँच गर्दा बिनाबिल भारतबाट भन्सार छली ल्याएको पाइएको हो ।

ट्रकमा ल्याइएको सामानमा लेडिज सुट २७० थान अन्दाजी मूल्य रु एक लाख ८९ हजार, मिस्री १४५ बोरा अन्दाजी मूल्य रु दुई लाख ६१ हजार र पेठा मिठाई ८९ डिब्बा अन्दाजी मूल्य रु ९३ हजार ४५० बराबरको रहेको छ । बरामद सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook