बौलाहा कुकुरको टोकाइबाट पाँच घाइते

Byपहिलो सुचना

२०७८ मंसिर २, बिहीबार १५:३६ २०७८ मंसिर २, बिहीबार १५:३६ २०७८ मंसिर २, बिहीबार १५:३६

मङ्सिर २, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन् ।

बुधबार राति र आज बिहान गरी कुकुरको टोकाइबाट शुक्लाफाँटा–११ का २५ वर्षीय रमेश सेटी, ३२ वर्षीय लक्ष्मी नाथ, ४० वर्षीया मञ्जरी साउद, ५० वर्षीय राजबहादुर सेटी र ५५ वर्षीय रामबहादुर ऐर घाइते भएका छन् ।

स्थानीय पद्म सेटीका अनुसार घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook