जात्राका लागि दुई दिन सार्वजनिक बिदा

Byपहिलो सुचना

२०७८ मंसिर २, बिहीबार ०८:१० २०७८ मंसिर २, बिहीबार ०८:१० २०७८ मंसिर २, बिहीबार ०८:१०

मङ्सिर २, बैतडी । जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ ।

मेलौली नगरपालिकाले बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो ।

मेलौली–१ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ ।

मेलौली नगरपालिकाले बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो ।

मेलौली–१ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ ।

बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए ।

मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गर्छन् ।

यस्तै सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि बिहीबार एक दिन सार्वजनिक दिने निर्णय गरेको छ ।

नगरप्रमुख नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा बिहीबार कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएकाले बिदा दिइएको जनाइएको छ ।

बिदाको दिन सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालयलगायतका कार्यालयमा बिदा रहने जनाइएको छ। जगन्नाथ मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन भव्य जात्रा लाग्ने गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook