पिसिएल नर्सिङ र एचए गरेका नेपालीलाई कुवेतमा आकर्षक सुविधासहितको रोजगार

Byपहिलो सुचना

२०७८ मंसिर १, बुधबार १०:५७ २०७८ मंसिर १, बुधबार १०:५७ २०७८ मंसिर १, बुधबार १०:५७
Kuwaitफाईल तस्बिर

मंसिर १, काठमाडौँ । कुवेत स्थित एड्भान्स टेक्नीलोजी कम्पनी र त्यहाँका सरकारी स्वास्थ्य मन्त्रालयको सहकार्यमा एचए तथा पिसिएल गरेका नेपाली कामदार लिने भएको छ ।

विश्व नै कोरोना महामारीका कारण बैदेशिक रोजगारमा जाने काम ठप्प भएर निरासमा रहेकाहरुलाई खुशीको खबर बोकेर आएका ओमेगाले नेपालमै पहिलो पटक कुवेतको एड्भान्स टेक्नोलोजी कम्पनी मार्फत त्यहाँका सरकारी स्वास्थ्य संस्थामा नेपाली पुरुष तथा महिला नर्सहरुको डिमाण्ड ल्याएको छ । निकै कसरतपछि नेपालको इतिहासमा पहिलोपटक ७२९ जना महिला तथा पुरुष नर्स पेसाका लागि कामदारको डिमाण्ड ल्याउन सफलपछि आवश्यक छनौट प्रक्रियाका लागि तयारीमा रहेको ओमेगा इन्टरनेश्नल प्रा।लिका सञ्चालक राजकुमार राईले बताए । नेपाली अर्थतन्त्रको बलियो आधार बैदेशिक रोजगार बनिरहेको बेला ओमेगा इन्टरनेश्नल प्रा.लि.ले रोजगार प्रर्वद्धनको क्षेत्रम सहयोग पुयाउँदै आईरहेको छ ।

वि.सं.२०६७/२०६८ सालमा विधिवत रुपमा स्थापना भएर हालसम्म आईपुग्दा २० हजारभन्दा बढि व्यक्तिलाई बैदेशिक रोजगार व्यवस्थापन गरेका छन् । यसअघि खाडी मूलुकमा एचए र पिसिएल नर्सलाई कामदारको रुपमा एक्सेप्ट नगरेको सुनाउँदै ओमेगाका सञ्चालक राईले कुवेतका एड्भान्स टेक्नोलोजी कम्पनी र स्वास्थ्यमन्त्रालयका प्रतिनिधिबीच बराम्बर बैठक बसी नेपालमा पिसिएल र एचए अध्ययनरत नेपाली महिला तथा पुरुष कामदारका लागि ठूलो संख्यामा काम गर्ने वातावरण सिर्जना गरेको बताए । स्वास्थ्य क्षेत्रको काममा आकर्षक तलब सुविधा रहेको र लाइसेन्सको लागि नेपालमै परिक्षा हुने भएकोले कुवेत पुगेर कुनै समस्या नआउने पनि बताए ।

कम्पनीले सत प्रतिशत सुरक्षित र सफलतापूर्वक बैदेशिक रोजगारमा महिला तथा पुरुष कामदारहरुलाई रोजगारको व्यवस्थापन गरिएको छ । स्थापना कालदेखि ओमेगा ईन्टरनेश्नल प्रा.लि.बाट बैदेशिक रोजगारमा जान चहानेहरुका नेपाली कामदारहरुलाई आवश्यक मापदण्ड र प्रक्रियानुसार पठाउने भएकोले हालसम्म कुनै समस्यामा नपरेको सञ्चालकहरुको दाबी छ । हाल कुवेतका सरकारी स्वास्थ्य क्षेत्र लागि ७२९ जना कामदारको माग भएको हुँदा त्यसको व्यवस्थापनमा करिव २५ जना कर्मचारी तथा सञ्चालकहरु जुटिरहेका छन् । फ्रि –भिसा समेत रहेको उक्त डिमाण्डमा योग्य व्यक्तिहरुले आफु जान ईच्छुक भएमा आवश्यक कागजातसहित काठमाडौँ स्थित बसुन्धारामा रहको ओमेगा इन्टरनेश्नल प्रा.लि.मा सम्पर्क गर्न सक्ने कुरा सञ्चालक राजकुमार राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook