कैलाली क्षेत्र नम्बर २ मा भीम रावल पक्षले समानान्तर महाधिवेशन प्रतिनिधि चयन गर्दै

Byपहिलो सुचना

२०७८ मंसिर १, बुधबार ०८:२१ २०७८ मंसिर १, बुधबार ०८:२१ २०७८ मंसिर १, बुधबार ०८:२१
फोटो फाईल

मंसिर १, काठमाडौ । नेकपा एमाले उपाध्यक्ष भीम रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर ढंगले महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले मंगलबार सार्वजनिक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्ने बताएका हुन् ।
बुधबार १० बजे महाधिवेशन प्रतिनिधि चयनका लागि लागि भनेर भेला बोलाएको बजगाईँले उल्लेख गरेका छन् ।

‘मंसिर १०(१२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं।२ बाट ६ पुरूष र ३ महिला गरि जम्मा ९ जना प्रतिनिधि छनोट गर्न देहायको मिति, समय र स्थानमा कैलाली क्षेत्र नं।२ का सम्पूर्ण संगठित सदस्यको भेला आयोजना गरि छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण संगठित सदस्य कमरेडले यसै सूचनालाई आधार मानी उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु’, बजगाईँले सामाजिक सञ्जालमार्फत सूचना राखेका छन् ।
कैलालीको लम्कीस्थित टिकापुर रोडमा रहेको एक होटलमा रावल पक्षले भेला बोलाएको हो ।

संस्थापन पक्षले यसअघि शनिबार महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ। तर बजगाईँले महाधिवेशन प्रतिनिधि छनोट भइसकेको भन्ने भ्रममा नपर्नसमेत अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook