सर्वोच्च परिसरमा कानून व्यवसायीको धर्ना सुरु

Byपहिलो सुचना

२०७८ कार्तिक ३०, मंगलवार ११:२० २०७८ कार्तिक ३०, मंगलवार ११:२० २०७८ कार्तिक ३०, मंगलवार ११:२०

कात्तिक ३०, काठमाडौं । बिगत लामो समयदेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । आमज उनीहरु बिहानै देखि सर्जोच्च अदालकत परिसरमा धर्न दिईरहेको छन भने प्रहरीको घेरा तोडेर मूल गेटसम्म पुगेका छन् ।

मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोकेका छन् । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुमा जस्तै प्रहरीको तैनाथी बढाइएको छ ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।

समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook