पाँच लाखसहित जुवाखालबाट आठ पक्राउ

Byपहिलो सुचना

२०७८ कार्तिक २७, शनिबार १४:०२ २०७८ कार्तिक २७, शनिबार १४:०२ २०७८ कार्तिक २७, शनिबार १४:०२

कार्तिक २७, काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित जुवाको खालबाट रु पाँच लाखसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति उनीहरुलाई पक्राउ गरिएको हो । कौडाको खालबाट रु पाँच लाख ११ हजार ५०० नगदसमेत बरामद गरिएको परिसरले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook