कैलालीमा चक्कु प्रहारबाट युवकको हत्या

Byपहिलो सुचना

२०७८ कार्तिक २४, बुधबार ०७:५६ २०७८ कार्तिक २४, बुधबार ०७:५६ २०७८ कार्तिक २४, बुधबार ०७:५६

कार्तिक २४, कैलाली । चक्कु प्रहारबाट कैलालीमा एक युवकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवालको मंगलबार राति ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

दुई समूहबीच झडप हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook