भोलि १ बजेसम्म प्रदेश १ मा मुख्यमन्त्री दावी गर्न आह्वान

Byपहिलो सुचना

२०७८ कार्तिक १५, सोमबार १६:२२ २०७८ कार्तिक १५, सोमबार १६:२२ २०७८ कार्तिक १५, सोमबार १६:२२

 कार्तिक १५, काठमाडौँ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । सोमबार मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook