बालबालिकालाई छिट्टै खोप दिइन्छः मन्त्री रेग्मी

Byपहिलो सुचना

२०७८ कार्तिक १५, सोमबार १३:२६ २०७८ कार्तिक १५, सोमबार १३:२६ २०७८ कार्तिक १५, सोमबार १३:२६

कार्तिक १५, चितवन । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छिन । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताइन।

“विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।” उनले भनिन । खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनेतर्फ सरकार लाग्ने बताइन। कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिइन। महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उनको भनाइ छ ।

फरक प्रसङ्गमा उहाँले न्यायपालिकालाई विवादमा पार्नु राम्रो नभएको बताउनुभयो । उनले भनिन, “विवाद मिलाएर अगाडि बढ्नुपर्छ ।” न्यायपालिकालाई विवादमा मुछ्नु राम्रो नहुने उनको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook