‘पूर्वाधार विकासमा हेभी इक्विपमेन्टको भूमिका महत्वपूर्ण’

Byपहिलो सुचना

२०७८ कार्तिक १५, सोमबार ११:०९ २०७८ कार्तिक १५, सोमबार ११:०९ २०७८ कार्तिक १५, सोमबार ११:०९

कार्तिक १५, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेणु यादवले पूर्वाधार विकासमा हेभी इक्विपमेन्ट क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन ।

दीपावली, नेपाल संवत् एवं छठपर्वको अवसरमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घले आइतबार साँझ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देश विकासका लागि हेभी इक्विपमेन्ट व्यवसायीको भूमिका उल्लेखनीय छ भनिन। “हेभी इक्विपमेन्ट व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि मन्त्रालयले सम्बोधन गर्नेछ”, उनले भनिन ।

महासङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठले कोरोना महामारीका समयमा हेभिइक्विपमेन्ट क्षेत्रले समस्या भोग्नुपरेको जनाउँदै समस्या समाधानका लागि मन्त्रालयले पहल गर्न माग गरिन। महासङ्घका महासचिव सुरेश खत्रीले हेभी इक्विपमेन्टको चर्को बिमा शुल्क तथा उचित पार्किङको व्यवस्थापनलगायतका विद्यमान समस्याका बारेमा हेभी इक्विपमेन्ट व्यवसायीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको जानकारी दिइन । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook