सरूभक्तलाई मुक्तक सागर सम्मान

Byपहिलो सुचना

२०७८ कार्तिक १४, आईतवार १३:२२ २०७८ कार्तिक १४, आईतवार १३:२२ २०७८ कार्तिक १४, आईतवार १३:२२

कार्तिक १४, गण्डकी । मुक्तकको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र ‘मुक्तक सागर’ त्रैमासिक पत्रिकाले संयुक्तरुपमा मुक्तक सागर सम्मान सरुभक्तलाई अर्पण गरेको छ ।    
    
पोखरामा शनिबार आयोजित कार्यक्रममा मुक्तक सागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गर्नुभएको हो । सम्मानित स्रष्टा एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले मुक्तकसम्बन्धी विस्तृत विमर्श गर्ने समय आइसकेको उल्लेख गर्नुभयो ।    
    
उहाँले मुक्तकको उन्नयन र विकासमा ‘मुक्तक सागर’ साहित्यिक त्रैमासिक पत्रिकाले निरन्तर खेलेको भूमिकाको चर्चा गर्नुभयो । कार्यक्रममा कवि रमेश श्रेष्ठ, पोखरा महानगर प्राज्ञ सरसस्वी श्रेष्ठ सरु र मञ्चका सल्लाहकार तथा साहित्यकार दीपक समीप, मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य, सम्पादक केसी, प्रकाश अधिकारी लगायतले मुक्तक विधाको चर्चाका साथै सम्मानित व्यक्तित्व सरुभक्तको मुक्तक र साहित्यिक योगदानबारे प्रकाश पार्नुभएको थियो ।    
    
कार्यक्रममा अल्पविराम, वसन्त गौतम, ईश्वरमणि अधिकारी, भूमिराज बस्ताकोटी, दीपक समिप, रुपिन्द्र प्रभावी, शीतल गिरी, कपिल शर्मा, गीता तिवारी, अम्बिका भण्डारी, कृष्ण सुवेदी, सरोज पौडेल, अमृता पोखरेल, शङ्कर ज्ञवालीलगायत दर्जन बढी मुक्तककारले आफ्ना मुक्तक प्रस्तुत गर्नुभएको थियो ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook