फेसबुकको नाम परिवर्तन

Byपहिलो सुचना

२०७८ कार्तिक १३, शनिबार २१:४१ २०७८ कार्तिक १३, शनिबार २१:४१ २०७८ कार्तिक १३, शनिबार २१:४१

कात्तिक १३, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम फेरेर मेटा राखेको छ ।

कम्पनीको रिब्रान्डिङ अन्तर्गत फेसबुकले नाम फेरेको हो । यो परिवर्तन फेसबुक, इन्ष्टाग्राम र ह्वाट्सएप जस्ता व्यक्तिगत मञ्चमा लागू हुने छैन । 

फेसबुकबारे पूर्व कर्मचारीले दस्तावेज चुहाएपछि कम्पनीले शृङ्खलाबद्ध रुपमा नकारात्मक टिकाटिप्पणी आएको थियो । फ्रन्सेज हाउजेनले कम्पनीलाई सुरक्षामाथि मुनाफालाई राखेको आरोप लगाएकी छिन् । 

विद्यमान ब्रान्डले अहिले कम्पनीले गरिरहेको सबै कामको सम्भवतः प्रतिनिधित्व गर्न नसक्ने फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले एक भर्चुअल कन्फ्रेन्समा भने । सन् २०१५ मा गूगलले आफ्नो मातृ कम्पनी अलिबाबा नामाकरण गरेको छ ।(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook