फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

Byपहिलो सुचना

२०७८ कार्तिक १२, शुक्रबार २१:२६ २०७८ कार्तिक १२, शुक्रबार २१:२६ २०७८ कार्तिक १२, शुक्रबार २१:२६

कार्तिक १२, काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले शुक्रवार मध्यरातबाटलागू हुने गरी  खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल तथा हवाई इन्धनको मूल्य बढाएको हो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि भएको छ । जसअनुसार  डिजेल र मट्टितेलेको मूल्य प्रतिलितर ११६ रुपैयाँ भएको छ ।

खाना पकाउने ग्यासको प्रतिसिलिन्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ । योसँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ५०० पुगेको निगमले बताएको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर  ९६ रुपैयाँ तथा अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर ८५३ प्रतिकिलो लिटर कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook