भारतद्वारा अग्नि-५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण

Byपहिलो सुचना

२०७८ कार्तिक ११, बिहीबार १५:११ २०७८ कार्तिक ११, बिहीबार १५:११ २०७८ कार्तिक ११, बिहीबार १५:११

कार्तिक ११, नयाँदिल्ली । भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि–५को सफलतापूर्वक प्रक्षेपण गरेको छ जसले पाँच हजार किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्छ ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार साँझ लगभग ७ः३० बजे ओडिसाको एपीजे अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो ।

तीन चरणको ठोस इन्धन प्रयोग गर्ने यो क्षेप्यास्त्रले उच्च स्तरको सटीकताका साथ ५,००० किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्षम रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अग्नि–५ को सफल परीक्षण भारतको ‘विश्वसनीय न्यूनतम प्रतिरोधको नीति अनुरूप छ जसले’ पहिले प्रयोग नगर्ने प्रतिबद्धतालाई जोड दिन्छ । (रासस/ एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook