बेलायतमा २४ घण्टामा करिब ४४ हजार कोरोना सङ्क्रमित

Byपहिलो सुचना

२०७८ कार्तिक ११, बिहीबार १५:०७ २०७८ कार्तिक ११, बिहीबार १५:०७ २०७८ कार्तिक ११, बिहीबार १५:०७ #covid news

कार्तिक ११, लन्डन । बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गएको २४ घण्टामा अर्थात् शनिबार ४३ हजार ९४१ जनामा यो सङ्क्रमण देखिएको हो । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण २०७ जनाको मृत्यु भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको बताएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४० हजार ४१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ८८ लाख ९७ हजारभन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook