चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्यो

Byपहिलो सुचना

२०७८ कार्तिक १०, बुधबार १९:३१ २०७८ कार्तिक १०, बुधबार १९:३१ २०७८ कार्तिक १०, बुधबार १९:३१

कात्तिक १०, काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए ।

उनका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook