मानव बेचबिखनको अभियोगमा पोखराबाट दुई पक्राउ

Byपहिलो सुचना

२०७८ कार्तिक ९, मंगलवार ०७:१३ २०७८ कार्तिक ९, मंगलवार ०७:१३ २०७८ कार्तिक ९, मंगलवार ०७:१३

कार्तिक ९, गण्डकी । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पोखराको लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलालाई काममा लगाइ दिन्छु भनि प्रलोभन तथा डरत्रास देखाइ यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका १ कोल्बीका २६ वर्षीय ऋषि भट्टलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook