थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्‍यु

Byपहिलो सुचना

२०७८ कार्तिक ८, सोमबार १७:५१ २०७८ कार्तिक ८, सोमबार १७:५१ २०७८ कार्तिक ८, सोमबार १७:५१

कात्तिक ८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी  कुल ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  

सो अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या हजार ११  हजार ३६१ पुगेको छ । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ५०१ जना निको भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ७२९ पुगेको छ । हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook