पाँचथर बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

Byपहिलो सुचना

२०७८ कार्तिक ८, सोमबार १७:२९ २०७८ कार्तिक ८, सोमबार १७:२९ २०७८ कार्तिक ८, सोमबार १७:२९

कार्तिक ८, काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् ।

दुर्घटनामा मोरङ लेटाङ नगरपालिका– ६ का ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान, उनकै ७ महिने छोरा निश्चल देवानको मृत्यु भएको हो । मृतकमध्ये अर्का एक जनाको सनाखत भएको छैन ।

दुर्घटना गम्भीर घाइते भएका ११ जनालाई उपचारका लागि झापा पठाइएको छ । बाँकीको पाँचथरमा उपचार भइरहेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook