कात्तिक ६, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार (आज) निधन भएको छ।

ब्लड क्यान्सरबाट पीडित लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । कांग्रेस जिल्ला सभापति विकास लामाकी धर्मपत्नी समेत रहेकी मीराको बोन म्यारोमा देखिएको क्यान्सरका कारण निधन भएको हो ।
उनको पार्थिव शरीरलाइ जोरपाटीको माकलबारीस्थित गुम्बामा श्रद्धान्जलीका लागि राखिएको छ । उनको आइतवार अन्त्यष्टी हुने पारिवारिक स्रोतले जानकारी दिएको छ । मीराको निधनप्रति गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।
दिवंगत लामाका तीन छोरी छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाली कांग्रेस सिन्धुपाल्चोकलगायत विभिन्न संघसंस्थाले विज्ञप्ति प्रकाशित गरी लामाको निधनले नेपाली कांग्रेस पार्टीले कर्मठ नेतृत्व र इन्द्रावती गाउँपालिकाले असल जनप्रतिनिधि गुमाएकोमा शोक व्यक्त गरेका छन्।
