सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित शून्य

Byपहिलो सुचना

२०७८ कार्तिक १, सोमबार ०८:५१ २०७८ कार्तिक १, सोमबार ०८:५१ २०७८ कार्तिक १, सोमबार ०८:५१

कात्तिक १, बैतडी । सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ।

२४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएन।

यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।

सुदूरपश्चिममा हालसम्म तीन लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

सङ्क्रमणकै कारण प्रदेशभर ५९८ जनाले ज्यान गुमाएका छन्। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook