चीनले बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि लगायो प्रतिबन्ध

Byपहिलो सुचना

२०७८ आश्विन ९, शनिबार ११:५८ २०७८ आश्विन ९, शनिबार ११:५८ २०७८ आश्विन ९, शनिबार ११:५८

असोज ९, पेचिङ (चीन) । चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी सबै कारोबार अवैध भएको घोषणा गरेको छ।

योसँगै चीनले बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाएको हो। भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि भएको पनि त्यहाँको पिपुल्स ब्याङ्क अफ चाइना (पीबीओसी) ले बताएको छ।

उसले त्यस्ता गतिविधि मानिसहरूका सम्पत्तिका लागि खतरनाक भएको चेतावनीसमेत दिएको  छ । चीनको पछिल्लो घोषणासँगै बिटक्वाइनको मूल्यमा २ हजार डलरभन्दा बढीले गिरावट आएको छ।

आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनमार्फत् विदेशी विनिमय हुँदै आएको बताइएको छ । शुक्रवार त्यहाँको केन्द्रीय बैंकले गरेको घोषणाबाट चीनले क्रिप्टोकरेन्सीसम्बन्धी सबै स्वरूपका कारोबार बन्द गर्न चाहेको स्पष्ट संकेत गरेको बताइएको छ।

अवैध आर्थिक गतिविधिमा संलग्नहरूूले अपराध गरिरहेको र उनीहरूमाथि कारबाही गरिने पनि केन्द्रीय बैंकको घोषणाले स्पष्ट पारेको छ।

र, क्रिप्टोकरेन्सीसम्बन्धी सेवाहरू चिनियाँ नागरिकहरूलाई उपलब्ध गराउने विदेशी वेबसाइटहरूको कामसमेत अवैध भएको पनि चिनियाँ केन्द्रीय बैंकले भनेको छ। (बीबीसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook