असोज ४, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १,०९५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।
