बुटवलका मेयर माथि मुक्का प्रहार

Byपहिलो सुचना

२०७८ आश्विन ४, सोमबार १२:५५ २०७८ आश्विन ४, सोमबार १२:५५ २०७८ आश्विन ४, सोमबार १२:५५

असोज ४, बुटवल । बुटवलको ज्योतिनगरमा उपमहानगरका मेयर शिवराज सुवेदीलाई एक पहिरो पीडितले मुक्का हानेका छन् । बुटवल-३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्।

गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।

सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् । तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए ।

अवलोकनका लागि पुगेका मेयर सुवेदी स्थानीय आक्रोशित बनेपछि फर्किएका छन्। स्थानीयले एक महिनासम्म पनि स्थानीय सरकारले नहेरेको भन्दै आक्रोश पोखेका थिए।

२०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर विस्थापित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook