भरतमणि पौडेल बने रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ क‍ो बिजेता

Byपहिलो सुचना

२०७८ आश्विन २, शनिबार २३:२१ २०७८ आश्विन २, शनिबार २३:२१ २०७८ आश्विन २, शनिबार २३:२१

असोज २, काठमाडौं । भरतमणि पौडेलले रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि हात पारेका छन् । विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन् ।

प्रस्तुति दिदै भरतमणि

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्। उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन् ।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए ।

यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भए भने गोरखा को सन्तोष थापा तेस्रो भएका छन ।

विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook